राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएकाे छ।

राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement