अवरुद्ध सदन खुलाउन राष्ट्रपतिको चासो,सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल,सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ । राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएका छलफल प्रयासबारे जानकारी लिएका थिए ।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ। आजपनि दिउँसो १ बजे संसद बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement