यस्तो बन्दैछ राष्ट्रपतिमा निर्वाचित जो बाईडेनको कोर टिम


एजेन्सी– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाईडेनले आफ्नो मन्त्रिमण्डल घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचनमो हार स्वीकार गरेसंगै उनले आफ्नो टिम घोषणा गरेका हुन् । जसमा आफ्नो कार्यालयका केही कर्मचारीको पनि उनले नाम सार्वजनिक गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो विदेशमन्त्रीमा एन्थोनी ब्लिन्कनलाई भुमिका दिने बताएका छन् । त्यसैगरी उनले गृहमन्त्रीमा एलेजान्द्रो मायोरकास,चिफ अफ स्टाफमा रोन क्लेन र नेसनल इन्टिलिजेन्स निर्देशकको रुपमा एभरिल हेन्सलाई जिम्मेवारी दिने लगभग पक्का भइसकेको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटीलाई नेतृत्व गर्ने मायोरकास पहिलो ल्याटिनो हुनेनछन् । यता हेन्स नेसनल इन्टिलिजेन्स सम्हाल्ने पहिलो महिला बन्ने भएकी छिन्।

बाइडेनले जोन केरीलाई पेरिस जलवायू सम्झौताका लागि अमेरिकी प्रतिनिधि बनाउने र राष्ट्रिय सुरक्षा सल्लाहकारमा जेक सुलिभानलाई नियुक्त गर्ने बताएका छन् । त्यसैगरी लिन्डा थोमस–ग्रिनफिल्डलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधी बनाउने तयारी छ ।

विदेशमन्त्रीको जिम्मेवारी पाउन लागेका ५८ वर्षिय ब्लिन्कन लामो समयदेखी बाईडनका सल्लाहकार रहेका थिए । उनि ओबामा प्रशासन हुंदा उपविदेशमन्त्री रहनुका साथै उप राष्ट्रिय सुरक्षा सल्लाहकार समेत थिए । ब्लिन्कन सन् १९९४ देखी २००१ सम्म राष्ट्रपति बिल क्लिन्टनको राष्ट्रीय सुरक्षा परिषदका स्टाफ समेत थिए । उनिसंग द न्यू रिपब्लिक म्यागजिनको रिपोर्टर समेत भएर काम गरेको अनुभव छ ।

सुरक्षा सल्लाहकारको जिम्मेवार पाएका सुलिवन तत्कालिन राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलेरी क्लिन्टनका शिर्ष सहयोगी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement