८ बुदे घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेशको बैठक गोरखामा सम्पन्न


गोरखा– ८ बुदे घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४ को पिपलथोकमा बसेको बैठक नेपाल पत्रकार महासंघको आसन्न प्रदेश समितिको निर्वाचनमा एकता, तालमेल र बैचारिक भाव अनुसार समन्यवकारी भूमिका खेल्ने निणर्य गर्दै सम्पन्न भएको हो ।

बैठकले निर्वाचनमा अन्य संगठनहरु तालमेल र छलफलका लागि प्रदेश अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा ३ सदस्सीय कमिटि समेत गठन गरेको बरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

बिस्तारीत बैठकले महासंघको प्रदेश समितिको निर्वाचनमा मतदान भन्दा पनि सहमतीको आधारमा सवै संगठनलाई मिलाएर अगाडी बढ्नु पर्नेमा जोड दिएको उनले बताए । बैठक पछि जारी घोषणा पत्रमा नेपाल पत्रकार महासंघको नयाँ सदस्यता बितरण र नविकरण गर्दा लाग्ने शुल्क घटाउन छलफल अगाडी बढाउने, आन्तरिक सन्चार प्रतिष्ठान स्थापना गर्न र आमसन्चार नितिलाई जोडदार रुपमा कार्यान्वयन गर्न दवाव दिने उल्लेख गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

घोषणा पत्रमा संघियताको पूर्ण कार्यान्वयनका लागि संगठनको तर्फबाट पहल कदमी गर्ने, श्रमजिवि पत्रकार ऐन कार्यान्वयनका लागि समानुपातिक बिज्ञापन प्रणाली, स्थानिय सन्चार माध्यमहरुको सवलीकरण र परिवर्तनका लागि सन्चारमाध्यम परिचालनको नीति अबलम्बन गर्न स्थानिय तह, प्रदेश र संघिय सरकारलाई आग्रह दवाव दिने उल्लेख गरिएको छ ।

त्यस्तै बिकास सम्बृद्धिको राष्ट्रिय मुद्दालाई सफल बनाउन पारदर्शिता, सूचनाको हक कार्यान्वयन र सुशासनको पक्षमा कमल चलाउन पहल गर्ने, पिपलथोक लगायतको गोरखाको धार्मिक, सास्कृतिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा जोड दिने उल्लेख गरिएको छ । बैठकमा ४ नम्बर प्रदेशका ८ ओटा जिल्लाका जिल्ला अध्यक्षहरुको आ–आफ्नो जिल्लाको सांगठनिक अबस्थाका बारेमा रिपोटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement