प्रधानमन्त्रीले आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्दैछन् ।

लगातार दुई दिनदेखि निजी क्षेत्रसँग छलफल गरिरहेका प्रधानमन्त्री शाहले शुक्रबार बिहान ११ बजे ऊर्जा क्षेत्रका उद्यमीहरू छलफल गर्न लागेका हुन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा हुनेछ ।

एक ऊर्जा व्यवसायीका अनुसार ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा प्रधानमन्त्रीले आफूहरूलाई छलफल गर्न बोलाएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीले बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेका थिए । यस्तै उनले बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल गरेका थिए ।