प्रधानमन्त्री देउवा र चिनियाँ नेता लिउबीच भेटवार्ता, के-के भयो छलफल ?


काठमाण्डु- नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

चार दिने भ्रमणका लागि आइतबार काठमाण्डु पुगेका जियान्चाओले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरेका हुन् । देउवा र जियान्चाओबीच नेपाल-चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको जनाइएको छ ।

जियानचाओले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement