देशलाई समृद्ध बनाउनु मुख्य दायित्व : प्रधानमन्त्री कार्यालय

देशलाई समृद्ध बनाउनु मुख्य दायित्व : प्रधानमन्त्री कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको स्पष्ट पारेको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्य रहने बताएको छ ।

‘सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो मुख्य दायित्व हो। राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ’ कार्यालयद्वारा जारी सन्देशमा भनिएको छ ।

कार्यालयले गणतन्त्र दिवस २०८३ को ऐतिहासिक अवसरमा प्रधानमन्त्री कार्यालयले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली जनामा शुभकामना पनि व्यक्त गरेको छ।