अबको प्रधानमन्त्री केपी शर्मा ओली : माओवादी नेता दिनानाथ शर्मा


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्र एउटै पार्टी बनेको दाबी गरेका छन् । नेता शर्माले नेताद्धय ओली र प्रचण्डले सबैको कुरा सुन्ने तर निर्णय आंफै लिने बताए । ‘सबै कुरा मिल्छ, हामी एउटै पार्टी भैसक्यो’ उनले भने, ‘अब एकता भन्नेवित्तिकै भागबण्डा होईन नि,नेताहरुवीच समझदारीमा कार्यृविवभाजन हुन्छ’।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वशिक्षामन्त्री शर्माले भने,पार्टी एकताको गृहकार्य भैरहेको भन्दै प्रचण्ड र ओलीवीच वान–टु–वान भेटवार्ता भैरहेको बताए । उनले छिट्टै एकता हुने दाबी गर्दै एउटै पार्टी बन्ने भएपछि अब माओवादी केन्द्रपनि सरकारमा जान्छ भन्ने प्रश्न गर्न नमिल्ने बताए ।

उनले पदीय बांडफांड विधि र विज्ञान अनुसार हल गर्ने भन्दै जनमत वाम गठबन्धनको पक्षमा त्यसमा पनि एमालेको पक्षमा देखिएकोले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement