तीन भारतीय पूर्वराजदूत डोल्पामा

तीन भारतीय पूर्वराजदूत डोल्पामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा– नेपालका लागि तीनजना भारतीय पूर्वराजदूत डोल्पाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यअवलोकन गर्न डोल्पा पुगेका छन्। नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय, श्याम सुन्दर र देब मुखर्जी डोल्पा भ्रमणमा गएका हुन्।

डोल्पाको भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैबिक बिबिधताले मनै लोभ्याउने भएकाले आफूहरु पनि डोल्पाको सौन्दर्यताको स्वादपान गर्नका लागि १५ दिने यात्रामा डोल्पा आएको पूर्वराजदूतहरुले बताएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताए । धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुगेका रायले यस अघि समेत डोल्पाको भ्रमण गरेका थियो । उनले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताए।

डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ । पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताएका छन्।

भारतीय राजदूतावासको तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ।