काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का २ वटा बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए । मन्त्री गुरुङले गभर्नर २–४ दिनभित्रै नियुक्त हुने दाबी गरे ।
उनले भने, ‘अब तलमाथि नभइकन २–४ दिनमै नयाँ गभर्नर पाउँछौं, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौं । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौं । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनर्गठन गरेका छौं ।’




प्रतिक्रिया