पृथ्वीजयन्ती भव्यताका साथ मनाइने, मूल समारोह समिति गठन


काठमाडौं– २९६ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि मूल समारोह समिति गठन गरिएको छ।

 

नेपाल प्रज्ञा–प्रतिष्ठानले पत्रकार सम्मेलन गरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन मूल समारोह समिति गठन गर्नुका साथै भव्यताका साथ मनाउने जनाएको हो।

 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि आफ्नो संयोजकत्वमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिलगायत सदस्य रहने गरी मूल समारोह समिति गठन गरिएको जानकारी दिए।

 

यस्तै नेपाल इतिहास संघ, गोरखा सेवा समाज, लायन्स क्लब अन्तर्राष्ट्रिय बहु जिल्ला ३२५ नेपाल, उज्यालो नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेका छन्।

 

सोमबार अपराह्न १ बजे ‘आजको सन्दर्भ र पृथ्वीनारायण शाह’ विषयको विचार गोष्ठी आयोजना गर्ने, २५ र २६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट चित्रकला प्रदर्शन गरिने प्रतिष्ठानले जनाएको छ।

 

 

पुुस २७ गते बिहान १० बजे प्रतिष्ठान परिसरबाट ब्याण्डबाजा र पञ्चेबाजासहित सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकसम्म प्रभातफेरिको कार्यक्रमको आयोजना गरिनेछ।

 

 

अपराह्न २ बजे विभिन्न राजनीतिक दलका नेता एवं बौद्धिक व्यक्तित्वको प्रवचन कार्यक्रम आयोजना गरिएको छ। सरकारले यसवर्ष पृथ्वीजयन्तीमा राष्ट्रिय विदा दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement