पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा क्षतविक्षत, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह (तस्बिर)

पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा क्षतविक्षत, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह (तस्बिर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ।

काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग कटानले क्षतविक्षत भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १२० मिटर सडक बाढीले कटान गरेपछि पहिरो खसेर भासिएको छ ।

मलेखुबाट काठमाण्डुतर्फ करिब एक किलोमिटरको दूरीमा पर्ने परेवाभीरमा करिब एक सय मिटर सडक कटान गरेको छ ।

पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने सडक विभागले जनाएको छ ।

यस्तै, हेटौँडा–फर्पिङ हुँदै काठमाण्डु आउने साना सवारीका लागि पनि वैकल्पिक मार्ग तोकिएको छ । फिस्लिङ क्षेत्रमा रोकिएका यात्रुका लागि ज्यामिरेघाट पुल हुँदै गोरखाको सिउरेनीटार–घ्याल्चोकबाट बेनीघाट पुल निस्कने वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने छ । परेवाटारको सडक मर्मत सकेर १२ चक्केसम्मका मालवाहक सवारी सञ्चालन गर्ने तयारी छ ।