प्रियंका कार्कीले माग्ने बुढालाई ‘सुपरस्टार’ भनेपछि…


काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले चलचित्र ‘छ माया छपक्कै’को प्रशंसा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा फिल्म कमेडी मात्रै होला भन्ने सोचे पनि त्यसमा उठाइएका विषयवस्तु गम्भीर र कलात्मक लागेको बताएकी छन् । साथै कार्कीले केदार घिमिरे माग्नेबुढालाई उक्त चलचित्रको सुपरस्टार भनेकी छन् ।

‘छ माया छपक्कै मलाइ एक्दमै मन पर्यो । यस चलचित्रले उठाएको बिषय, कलात्मक प्रस्तुति, कलाकारहरुको अब्बल अभिनयले मन छुन्छ । एक्दमै कमेडी मात्र होला भन्ने सोच थियो, कथा बस्तु गम्भीर पाए, अहिलेको समयमा चाहिने पाए । यही टीमको पछिल्लो केही फिलिमहरु भन्दा संवाद र कमेडी टाइमिङ् यो चलचित्रमा बलियो पाए’, उनले भनेकी छन्, ‘दिपकदाइको अभिनय मिठो लाग्यो (subtle performance), केकि सधै झैं उत्कृष्ट, र माग्ने दाइ त यो चलचित्रका सुपरस्टार। यदि हेनु भएको छैन भने, नछुटाउनु होला । RECOMMENDED !’

प्रतिक्रिया दिनुहोस
Advertisement