प्रदेश १ को राजधानी विराटनगर नै


विराटनगर – प्रदेश १ को स्थायी राजधानी विराटनगर नै तोकिएको छ । सत्तारूढ नेकपाले दर्ता गराएको प्रस्तावका पक्षमा प्रदेश सभाका कुल ९३ मध्ये ८६ सांसदले मतदान गरेपछि स्थायी राजधानीको टुंगो लागेको हो ।

विराटनगरलाई मुख्य राजधानी मानेर बृहत् विराटनगर विकास क्षेत्रअन्तर्गत सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचा क्षेत्रभित्र कार्यपालिका, व्यवस्थापिकालगायत संरचना रहने गरी आइतबार सत्तारूढ नेकपाका तर्फबाट प्रदेश सभामा प्रस्ताव दर्ता भएको थियो ।

सोमबार उपस्थित ८८ सांसदमध्ये ८६ ले विराटनगरको पक्षमा मतदान गरेका हुन् । ताप्लेजुङबाट निर्वाचित प्रदेश सभा सदस्य प्रतापप्रकाश हाङ्गामले प्रस्तावमा असन्तुष्टि जनाउँदै मतदान बहिष्कार गरे । नियमअनुसार सभामुख प्रदीपकुमार भण्डारीले मतदान गर्न पाएनन् । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement