प्रदेश २ को सभालाई सम्बोधन गर्न ओली र प्रचण्ड हेलिकोप्टरबाट जनकपुरमा


काठमाडौं – प्रधानमन्त्री एवंम् नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै शनिबार बिहान काठमाडौंबाट हेलिकप्टमार्फत् धनुषा प्रस्थान गरेका छन् ।

प्रदेशसभालाई सम्बोधनका साथै धनुषाको वरमझियामा आजै आयोजना हुने सहिद रामवृक्ष यादवको २४ औं स्मृति दिवसलाई पनि प्रधानमन्त्री ओली एवं अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मुलुकका सातवटै प्रदेशसभालाई सम्बोधन गर्ने योजनाअनुसार प्रधानमन्त्री ओलीले शनिबार प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन्। यसअघि उनले विभिन्न प्रदेश सभामा सम्बोधन गरिसकेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश २ मा गर्ने सम्बोधनलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओलीको सम्मानमा प्रदेश २ सरकारले मिथिला भोजन कार्यक्रम आयोजना गरेको बताइएको छ।

प्रधानमन्त्री ओलीसँगै संघीय सरकारका उप-प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव प्रदेश २ को प्रदेश सभामा सहभागि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement