प्रदेश राजधानीको माग गर्दै विराटनगर बन्द


विराटनगर – प्रदेश १ को राजधानी र सम्पूर्ण कार्यालय विराटनगरमै कायम गर्न माग गर्दै आज सोमबारदेखि विराटनगर महानगरपालिका बन्द आयोजना गरिएको छ ।

प्रदेशको राजधानीका संरचना विकेन्द्रित रूपमा राख्न खोजिएको भन्दै विराटनगर नागरिक संघर्ष समितिले त्यसको विरोधमा बन्द गरेको हो । संघर्ष समितिले सोमबारदेखि अनिश्चितकालीन बन्द आव्हान गरेसँगै विराटनगरको जनजीवन प्रभावित भएको छ ।बन्दले यातायातका साधन चल्न सकेका छैनन् भने शिक्षण संस्थाले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् ।

प्रदेशसभामा आइतबार दर्ता भएको राजधानी बारेको प्रस्तावमा विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । प्रदेश १ राजधानी विराटनगरबाट अन्यत्र सार्न खोजिएको भन्दै दबाब दिन बन्द आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement