अमेरिकी राजदूत र प्रदेश ७ का मुख्यमन्त्रीबीच भेटवार्ता


 काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिज र प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटका क्रममा अमेरिकी राजदूत टेप्लिजले मुख्यमन्त्रीमा नियुक्त भट्टलाई बधाई र शुभकामना दिएकी थिइन् ।

राजदूत टेप्लिज अमेरिकी सहयोग नियोग युएसएआइडीद्वारा सञ्चालित गतिविधिको अनुगमनका क्रममा पुगेकी मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement