आफू पीएसजीमै बस्ने नेमारको घोषणा


एजेन्सी – आफू पीएसजीमै खुशी भएको बताउँदै ब्राजिलिएन स्टार नेमार जुनियरले आफू पीएसजीमै बस्ने बताएका छन् ।

केही समय अगाडि नेमारले पीएसजीमा बस्न मन नलागेको बताएपछि नेमार बार्सिलोना, रियल मड्रिडजस्ता क्लबमा जाने हल्ला चलेको थियो ।

बार्साले त नेमारलाई अनुबन्ध गर्न केही प्रस्तावहरु नै राखेको थियो । तर पीएसजीले प्रस्तावहरु चित्त बुझ्दो नभएको बताउँदै बार्साका प्रस्ताव अस्वीकार गरेको थियो ।

नेमारले आफ्ना परिवारालाई आफूले पीएसजीमै बस्ने बताइसकेको फ्रान्सेली पत्रिका एलइक्वीपालाई उदृत गर्दै मार्काले जनाएको छ ।

आफू कतै अनुबन्ध हुने स्थिती नदेखनेपछि नेमारले हार खाएर पीएसजीमै बस्ने योजना बनाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement