बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरकाे कति ?


काठमाण्डु- सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement