सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू (सूचनासहित)


काठमाण्डु – जिल्ला प्रशासन कार्यलय काठमाण्डुले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ नियम लागू गरेको छ ।

कोरोना भाइरसको संक्रमण (नयाँ भेरियन्ट)  बढ्दै गएको भन्दै जिल्ला प्रशासनले सरकारले गरेका निर्णयहरु प्रभावकारी ढंगले कार्यन्वयन गर्ने निणय गरेको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय लगायतका निर्णय गरेको थियो ।

यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा १० लिइ मास्क उपलब्ध गराइने निर्णय भएको उनले बताए ।

यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराइने भएको छ ।

यस्तो छ जिप्रका काठमाण्डुले जारी गरेको १४ बुँदे सूचना:

प्रतिक्रिया दिनुहोस
Advertisement