काठमाडौंपाटी दोस्रो बर्षमा प्रवेश (प्रकाशकीय)


कुनै पनि संस्थाको जीवनमा एक वर्ष त्यति ठूलो समय होइन् । गत वर्षको यही दिन अर्थात ३० असारमा हामीले सुरक्षा र कुटनीतिक क्षेत्रको पहिलो अनलाइनका रुपमा काठमाडौंपाटीडटकमको शुभारम्भ गरेका थियौं । यो अनलाइन पत्रकारितामा नयाँ अभ्यासको थालनीको जमर्को थियो । सूचना प्रविधीको वर्तमान युगमा हरेक मानिसका हात–हातमा समाचार, सूचना, विचार र मनोरन्जन पु¥याउने हाम्रो एकमात्र लक्ष्य हो । र, दोस्रो वर्षमा पाइला टेक्दै गर्दा हामी दोहो¥याउन चाहन्छौं यो क्रम जारी रहनेछ ।

अहिले थुप्रै अनलाइन, पत्रपत्रिका, रेडियो र टेलिभिजनलगायतका विविध सञ्चार माध्यमबीच सूचना दिने चर्को होडबाजी छ । यही चर्को होडबाजीकै बीच हामी किन आयौं त ? हामी फरक धार बोकेर उभिनेका लक्ष्यका साथ आएका थियौं । काठमाडौंपाटी डटकमको सुरक्षा र कुटनीतिक क्षेत्रका समाचार मूलप्रवाहमा समटने लक्ष्यका केही हदसम्म सफल भएको छ ।

एक वर्षमा हामीले त्यसमा भरपूर प्रयास ग¥यौं । फरक स्वादको त्यो बाटोलाई धेरैले रुचाइदिए, परिणाम नै मान्नुपर्छ एक वर्षमै काठमाडौंपाटीका पाठकहरु उल्लेख्य वृद्धि भएका छन् । भावि दिनमा कुटनीतिक क्षेत्रको गहिरो चिरफार र सुरक्षा क्षेत्रका सरकारात्मक तथा नकारात्मक पक्षहरुलाई उजागर गर्ने हाम्रो अभियान अझ चुस्त, सशक्त र प्रभावकारी हुनेछ ।

हामी मुलुकका दुई संवेदनशील पक्षलाई अझ प्रभावकारी बन्न घच्घचाउने, त्यसभित्रका विकृतीहरु उजागर गर्ने, मुलुक र आम नागरिकका लागि चासोका र चिन्ता विषयहरुमा स्पष्ट अडान राख्ने कुरामा सदैव चनाखो रहनेछौं । साथै, लामो समयपछि दुई तिहाइ बहुमतसहित समृद्धिको लक्ष्य लिएको सरकारका काम, कारवाही र गतिविधीहरु पनि हाम्रो चासोका विषय हुनेछन् ।

आगामी दिनहरुमा हामी मुलुकका सामाजिक, आर्थिक, राजनीतिकलगायतका बहुलपाटाहरुमा पनि आफ्नो ध्यान केन्द्रित गर्नेछौं । सूचना चुस्त र छरितो तरिकाले दिने कुराहरुलाई पनि हामीले बढी प्राथमिकतामा राखेर अगाडि बढ्नेछौं । आम मानिसहरुको नजरमा बन्दजस्तै देखिने सुरक्षा संयन्त्रहरु, त्यहाँभित्र हुने कामकारवाहीका विषयमा जान्न पाउनु आम जनताको नैसर्गिक अधिकार हो । त्यसमा हामी बढी सचेत हुनेछौं ।

तथ्यपरक पत्रकारितामार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौं ।। हामी हाम्रा पाठकहरुहरुको सुझावलाई हमेशा उच्च महत्व दिन्छौं, आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महत्वपूर्ण हुने कुरामा विश्वास दिलाउन चाहन्छौं । सबल शासन ब्यवस्थाका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण पक्ष हो । त्यसैले आगामी दिनमा हामी जनताका आवाजहरुलाई काठमाडौंपाटीमार्फत थप मुखरित गर्ने कुरामा जोड दिनेछौं ।

यो एक वर्षको छोटो अवधिमै हाम्रा तमामा पाठकहरुले गर्नुभएको अगाध मायालाई हामी नमन गर्न चाहन्छौं । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुहरुले पु¥याएको अतुलनीय योगदानप्रति पनि आभारी छौं । एक वर्षको अवधिमा काठमाडौंपाटीको यात्राका क्रममा धेरै कुराहरु सिक्ने अवसर पनि प्राप्त भएको छ । बाँकी दिनहरु अझ प्रेरणादायी र शिक्षामूलक हुने अपेक्षा गरेका छौं ।

यो लामो यात्रामा एक वर्ष त केवल एक खुडकिलामात्रै हो, आगामी धेरै वर्षहरुमा अझ हामी फैलिने प्रयासमा हुनेछौं । त्यसका लागि सदैव यहाँहरुको साथ, सहयोग र शुभेच्छा हामीलाई जरुरी पर्नेछ । अन्तमा काठमाडौंपाटीको पहिलो वार्षिकोत्सव अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

रोशन खड्का
प्रबन्ध निर्देशक
काठमाडौंपाटी डटकम

प्रतिक्रिया दिनुहोस
Advertisement