‘म यस्तो गीत गाउँछु २’ को प्रर्दशन मिति तोकियो


काठमाडौं – नायिका पुजा शर्मा र नायक पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रर्दशन मिति तय भएको छ । यो फिल्म फागुन २३ गते देखि प्रर्दशनीमा आउने छ ।

सुर्दशन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि पुजा र पल जोडीको रुपमा प्रस्तुत भएका थिए । यसको दोस्रो पार्टमा पुजा र पलको जोडी दोहोरिएको छ ।

यो फिल्मको छायांकन लगभग सकिसकेको छ । तर, हाल सम्म फिल्मको केहि पनि सामग्री बाहिरिएको छैन । यो फिल्मलाई काठमाडौं भित्र रिच इन्टरटेनमेन्ट र जी जी ए गुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफ्डी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement