खहरे खाेलाकाे बाढीले पुल बगाउँदा पासाङल्हामु राजमार्ग अबरूद्ध


नुवाकोट– गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।

अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका-१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ ।

प्रहरीका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement