नेकपाको आन्तरिक विवादबारे चिनियां राजदूतको सिंहदरवारमा दुई मन्त्रीसंग चांसो


काठमाडौं – चिनियां राजदूत होउ यान्छी र ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनवीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा पछिल्लो राजनितिक अवस्था र द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनसंगको भेटमा राजदूत यान्छीले सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन मध्य भोटेकोशी जलविद्युत आयोजनामा भएको क्षतिबारे समेत छलफल गरेकी थिईन ।

मन्त्री पुनको सचिवालयले कोरोनाको संक्रमण, लकडाउन लगायतका कारण चीनमा रहेका प्राविधिक तथा कामदार नेपाल आउन नसकेको र त्यसले निर्माणाधिन परियोजनामा असर पारेको जानकारी उनले गराएको जनाएको छ । मन्त्री पुनले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्नुपर्नेमा भेटमा जोड दिनुका साथै नेपालको ऊर्जा, जलश्रोत तथा पर्यटनको क्षेत्रमा चिनियां लगानी बढाउने वातावरण बनाउन उनले राजदूत यान्छीसमक्ष आग्रह गरेका थिए ।

यसअघि चिनियां राजदूतले रक्षामन्त्री ईश्वर पोखरेलसंग समसामयीक विषय र दुई देशबीचको सम्बन्धबारे छलफल गरेकी थिईन । दुवै मन्त्रीसंगको भेटमा उनले नेकपाभित्रको जारी विवादको बारेमा चांसो राखेकी थिईन । मन्त्री पुन नेकपाका अध्यक्ष प्रचण्डसंग निकट छन् भने पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

चिनियां राजदूतले नेकपाभित्रको विवाद समाधानमा भुमिका खेलेको चर्चा भइरहेका बेला पुन मन्त्री पुन र पोखरेललाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि चिनियां राजदूत यान्छीले प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement