यातायात क्षेत्र प्रविधियुक्त हुनुपर्छ: उपराष्ट्रिपति पुन


हेटौँडा-उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उनले भने– “यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नीतिगत सुधारको खाँचो छ ।”

 

 

उपराष्ट्रपति पुनले मुलुकको राजस्वमा १० प्रतिशत योगदान पु¥याइरहेको यो क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्ने बताउँदै केही दुर्गम जिल्लामा यातायात सेवा अहिले पनि पुग्न नसकेकाले त्यसक्षेत्रमा सडक सञ्जाल पु¥याउनुपर्नेमा जोड दिए ।

 

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल तथा प्रदेशसभा सदस्यद्वय इन्द्रबहादुर बानियाँ र प्रेमबहादुर पुलामीले सडक दुर्घटना नियन्त्रणमा यातायात व्यवसायी र राज्य दुवै गम्भीर हुनुपर्नेमा जोड दिदैं जनताको हितका लागि ढुवानी कार्य सहज बनाउन आग्रह गरे।

 

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले नेपालको कुना काप्चासम्म यातायात तथा सामान ढुवानी सेवा निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै सडक थप, फराकिलो र गुणस्तरयुक्त निर्माण गरी यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन राज्यले नीतिगत सुधार गर्नुपर्ने र यसका लागि छुट्टै यातायात मन्त्रालयको माग गरे।-रासस

 

प्रतिक्रिया दिनुहोस
Advertisement