पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने


काठमाडौं- पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ । पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मजोज अधिकारीले १५ फागुनमा दिएको रिट निवेदनमा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको इजलासले उत्त निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

पराजुलीले १ चैतमा प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।

प्रधानन्यायाधीश पराजुलीको कुन कार्यले अवहेलना भयो भन्ने पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सह रजिष्ट्रार नारायण पन्थीले सुरूमा उक्त निवेदन दरपीठ गरेका थिए । अधिकारीको उक्त निवेदनलाई दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय नै सदर भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement