श्रीलंकाका राजदूत र सार्कका महासचिवबीच प्रधानसेनापतिको भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले श्रीलंकाका राजदूत र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिवसँग भेटवार्ता गरेका छन् ।

बुधबार जंगी अड्डामा श्रीलंकाका राजदूत हिमाली अरुनातिलका र सार्कका महासचिव इसाला रुवान विराकुनबीच जङ्गी अड्डामा प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधानसेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्ताहरुमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement