डब्लुएचओमा जागिर खान स्वास्थ्य सचिवले दिइन राजीनामा


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले पदबाट राजीनमा दिएकी छन् । उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भारतस्थित कन्ट्री अफिसमा जागिर खानका लागि राजीनामा दिएकी हुन् ।

उनले सोमबार उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मन्त्रालयमा राजीनामा पत्र बुझाएकी छन् । २ वर्ष पदावधी बाँकी हुँदै उनले राजीनामा बुझाएकी हुन् ।

उनको राजीनमाबारे अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । उनी पीफाइभ तहको पोष्टमा छनोट भएकी हुन् । डब्लुएचओमा आकर्ष सेवा सुविधा पाएपछि उनले सचिवबाट राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement