मनोनयन दर्तासँगै पुष्पा भुसाल उपसभामुख बन्ने पक्का 


काठमाण्डु – नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छन् । बिहीबार सत्ता गठबन्धनको तर्फबाट भुसालले प्रतिनिधिसभा अन्तर्गत उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

मनोनयन दर्ता गरेसँगै भुसाल उपसभामुख पदमा विजयी हुने पक्का पक्की नै भएको छ । प्रतिनिधिसभामा एमालेका ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका जम्मा सांसदको संख्या १५४ रहेको छ । यता नेकपा एमालेलाई लोसपाले समर्थन गरे पनि लोसपा र एमालेका सांसदको जम्मा संख्या १११ पुग्छ । त्यस कारण सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका सांसदको सङ्ख्याको आधारमा उपसभामुख पदमा कांग्रेस नेतृ भुसाल विजयी हुने निश्चित भएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement