पुष्पलालको ४०औं स्मृति दिवस आज मनाइदै


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४० औं स्मृति दिवसका असरमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसका अवसमा नेपाल कम्युनिस्ट पार्टी एवं तिनका भ्रातृ संगठनले आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताले बिहान कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलालको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका छन्।

गत जेठ ३ गते तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवस यसवर्ष पहिलोपटक एकसाथ मनाइएको हो।

राष्ट्रिय सभागृह काठमाडौंमा आज दिउँसो साढे १२ बजे पुष्पलाल स्मृतिसभाको आयोजना गरीएको छ । सभालाई प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो। पछिल्लो समय कम्युनिस्टहरूले पुष्पलालको सिद्धान्त भुल्दै गएको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement