नीजि सेनाले विद्रोह गरेपछि पुटिनले भने- ‘पिठ्युँमा छुरा प्रहार गर्नेलाई कारबाही हुन्छ’


मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निजी सेना वाग्नर समूहले कू प्रयासको बीचमा देशलाई सम्बोधन गरेका छन् ।  पुटिनले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको कार्य देशद्रोह भएको बताएका छन् । सम्बोधनमा उनले भने, ‘यो देशद्रोह हो । रुसले आफ्नो रक्षा गर्नेछ र यस शत्रुतापूर्ण कदम विरुद्ध बदला लिनेछ ।’

वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनको सेनाले रोस्तोभ अन डोन र भोरोनेजका रूसी शहरहरू कब्जा गरेको केही घण्टापछि पुटिनले बिहान रुसी जनतालाई एउटा टेलिभिजनमार्फत सम्बोधन गरेका थिए ।

रुसी सेना र रुसी जनता विरुद्ध विद्रोह गर्नेलाई विद्रोहको सजाय दिइने पुटिनले बताए । सम्बोधनका क्रममा पुटिन निकै क्रोधित देखिन्थे । उनले थप भने, ‘जसले जानाजानी देशद्रोहको बाटोमा हिँडेका छन्, त्यसले अवश्यम्भावी सजाय भोग्नुपर्छ । सेनाले उचित आदेश पाएको छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement