बागमतीका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा पत्र

बागमतीका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।

सोमबार दिउँसो बागमती प्रदेश सभालाई सम्बोधनगर्दै राजीनामा दिने घोषणा गरे लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पत्र बुझाएका हुन् ।

साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्।

१०४ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।

एमालेले समर्थन फिर्ता गरेपछि अहिले कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्र बानियाँको पक्षमा रहेका थिए ।