केपी ओलीलाई रवि लामिछानेको आग्रह : जनताको चेतनामाथि प्रश्न नगर्नुस्


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको चेतनामाथि प्रश्न नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीलाई हेरौं भनेर मात्र आफूहरूले मत नपाएको बताए ।

सोमबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्ता भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले जनताको चेतनामाथि प्रश्न नगर्न आग्रह गरेका छन् । लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको सूचकांक कमजोर बनाउँदा पनि तपाईंकै दललाई भोट हालिरहने भन्ने प्रश्न गरेका छन् ।

आफ्नो पार्टी जनताको चेतनालाई चुनौती दिने हैसियतमा नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement