सुन तस्करीकाे अनुसन्धान प्रतिवेदन गृहमन्त्री रवि लामिछानेको हातमा

सुन तस्करीकाे अनुसन्धान प्रतिवेदन गृहमन्त्री रवि लामिछानेको हातमा


काठमाण्डु- सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएकाे छ ।

गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिबेदन बुझाएकाे हाे ।

जसअनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरे पछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।