थापाथलीमा प्रहरी र सर्वसाधारणलाई मिठाइ बाँडेर गृहमन्त्री लामिछानेले मनाए नयाँ वर्ष


काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डुको थापाथलीमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका नयाँ वर्ष २०८१ मनाएका छन् ।

आज शनिबार बिहान थापाथलीको सडकमा मन्त्री लामिछानेले प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका हुन् ।

उनले पैदल हिँडेका र सवारीसाधनमा यात्रा गरिरहेकाहरूलाई मिठाइ बाँड्दै नयाँ वर्षको शुभकामना दिएका छन् ।

गृहमन्त्री लामिछानेसँगै प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर समेत थिए । प्रहरी संगठनलाई हौसला दिन गृहमन्त्री लामिछानेले नयाँ सुरुवात गरेको आईजीपी कुँवरले बताए ।

गृहमन्त्री लामिछानेकै निर्देशनमा नयाँ वर्षदेखि काठमाण्डुको ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement