एक वर्षमा भएका कमिकमजोरीप्रति क्षमा माग्छु: रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन् । विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने उनले दाबी गरे ।

‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ । संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी छैन । प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’, उनले भने । त्यस्तै रविले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् । यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’

यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement