हामी व्यक्ति, पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं: रवि लामिछाने


गोरखा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरू व्यक्ति र पार्टी बनाउन नभई मुलुकमा परिवर्तन गर्न हिँडेका बताएका छन् ।

गोरखा सदरमुकाममा आज शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं ।’

नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनले बताए । देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको बताउँदै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए ।

पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने र पार्टीमा त्यस्ता व्यक्तिलाई ठाउँ नभएको उनले बताए । एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताउँदै उनले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement