काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’बीच बिहीबार भेटवार्ता भएको छ ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता ५ घण्टासम्म चलेको जनाइएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । भारत भ्रमण तथा त्यसबाट प्राप्त उपलब्धिबारे पनि दुवैबीच छलफल भएको जनाइएको छ ।
त्यसैगरी आगामी निर्वाचनहरू र तिनको तयारीका विषयमा दुवै नेताबीच कुराकानी भएको छ । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।
भेटमा मन्त्री, मन्त्रालय तथा सरकारका कामकारबाहीबारे समीक्षा र छलफल भएको जनाइएको छ । साथै अध्यादेश र आगामी संसद् अधिवेशनसम्बन्धी विषयमा पनि दुवैबीच कुराकानी भएको जानकारी दिइएको छ ।



प्रतिक्रिया