रविजीको पिडा अनुमान गर्न सक्छु : दिपकराज गिरी


काठमाडौं – पत्रकार शालिग्राम पुँडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा बारम्बार फेसबुकमा स्टाटस लेख्दै आइरहेका छन् हाँस्य कलाकार दिपक राज गिरी ।

गत बिहिबार छानबिनको लागि प्रहरीले हिरासतमा लिएपछि रविलाई पाँच दिन सम्म हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको छ । उनलाई पक्राउ गरेपछि रविका समर्थकहरुले विभिन्न प्रर्दशन गर्नुको साथै सामाजिक सञ्जाल मार्फत समर्थन जनाइरहेका छन् ।

बलाकार दिपकले हालै आत्महत्या गराउन बाध्य बनाएको आरोप लाग्दाको अनुभव थाहा भएको बताउँदै लेखेका छन्, ‘आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पिडा हुन्छ भन्ने अनुभव मलाई छ‘ निन्द्रा बिनाका धेरै रातहरू बिताएको छु । त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु । सत्य जितोस् असत्य हारोस् !!’

प्रतिक्रिया दिनुहोस
Advertisement