भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा रास्वपाका रवि लामिछाने जुन १ मा भारत जाँदै

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा रास्वपाका रवि लामिछाने जुन १ मा भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि जुन १-२ मा भारत जान लागेका हुन् ।

यसअघि भारतले सत्तारुढ दलका सभापतिको हैसियतमा शेरबहादुर देउवालाई समेत निमन्त्रणा दिएको थियो ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि भेट गर्नेछन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि लामिछाने भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा उनले भाजपा मुख्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।