रास्वपा सांसद्को व्यहोराबाट रवि लामिछाने आजित, संसदीय समितिमै के भने ?

रास्वपा सांसद्को व्यहोराबाट रवि लामिछाने आजित, संसदीय समितिमै के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संविधान संशोधनजस्तो गम्भीर विषयमा हल्का टिप्पणी नगर्न आफ्नो पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले दुई तिहाई मतका आधारमा मात्र संविधान संशोधन गर्न नसकिने स्पष्ट गरे ।

जहाँपायो त्यहीं र जथाभावी रुपमा संविधान संशोधनको विषय नउठाउन उनको आफ्ना सांसदहरुलाई निर्देशन थियो ।

‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो ।

प्रतिनिधिसभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्न पर्याप्त अंक होइन,’ उनले भने, ‘ संविधान संशोधनको लागि प्रतिनिधिसभाको दुई तिहाइले मात्र हुन सक्दैन ।’

उनले बोल्दा विषयवस्तुको संवेदनशीलतामा ख्याल गर्न पनि भने । लामिछानेले अहिलेकै संविधानभित्रबाट अधिकतम रुपमा जनताको पक्षमा काम गर्न सरकारले प्रयास गर्नुपर्ने बताए ।

सभापति लापमिछानेले आफूले कसैले कसैलाई नटेर्ने, कसैले कसैको विश्वास नगर्ने समाज परिकल्पना नगरेको स्पष्ट गरे । सके संविधान संशोधनमार्फत एक÷दुई वटा इँटा थप्ने र नसके अहिले भएकोलाई क्षयीकरण गर्न नदिने बाटोमा आफूहरु जानुपर्ने औंल्याए ।

लामिछानेले अदालत र संवैधानिक निकायहरु रास्वपा मातहतको निकाय नभएको भन्दै संविधानले दिएका तत्तत् दायित्वअन्तर्गत नियुक्त भएका पदाधिकारीहरु स्वतन्त्र हुने स्पष्ट गरे ।

‘हामीले अदालत पनि पार्टीको हो । यो पनि पार्टीको हो भनिदिन अलिकति मिल्दैन,’ उनले भने, ‘संविधानमा भएको व्यवस्था अनुसार नै संवैधानिक निकायका व्यक्तिहरू संविधानले नै दिएका तत् तत् दायित्व पूरा गरेर नियुक्त गरेका हुन् ।’


लामिछानेले ती संस्थाहरुमाथि असाध्यै धेरै आरोपित गर्ने प्रवृत्ति सांसदहरुमा बढेको भन्दै चिन्ता व्यक्त गरे ।

संवैधानिक निकायको जिम्मेवारीमा रहेका व्यक्तिहरुको मानमर्दन गरिँदा अन्ततः ती संस्था कमजोर हुने र लोकतान्त्रिक प्रणाली नै संकटमा पर्ने उनको भनाइ थियो ।

व्यक्तिका रिसले लोकतन्त्रका आधारशीलाका रूपमा रहेका संस्थाहरूलाई मक्काउन, ढाल्न र संस्थाको क्षयीकरण गर्दै गए अन्ततोगत्वा त्यसले लोकतन्त्र र प्रणालीलाई धारासायी बनाउँछ कि भन्ने मेरो रियलाइजेसन हो,’ लामिछानेले भने ।

त्यसअघि विपक्षी र केही सत्तापक्षकै सांसदहरुले अख्तियार पदाधिकारीलाई बोलाएर ७ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा थुनिएको भनिएको प्रकरणबारे जवाफ मागेका थिए ।

बुधबार संसदीय दल बैठकमा लामिछानेले मन्त्री र पार्टीका सांसदहरुलाई मर्यादामा रहन निर्देशन दिएका थिए ।