काठमाण्डु– सहकारीकाे बचत रकम दुरुपयोग तथा हिनामिना प्रकरणमा संसदीय छानबिन विशेष समितिले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार (७ भदौ) सोधपुछका लागि बोलाइएको हो ।
समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।
उनलाई सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
यस्तै समितिले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ ।
छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन् । जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति थापाले बताए । उनलाई समितिले भोलि बिहान ११ बजे बयानका लागि बोलाएको छ ।
प्रतिक्रिया