हामीले लड्नुपर्ने विषय देशको गरीबी र भ्रष्टाचार हो : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सबै पार्टीले लड्नुपर्ने विषय देशको गरीबी र भ्रष्टाचार भएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रतिक्रिया दिँदै सभापति लामिछानेले राजनीतिक दलहरूले लड्नुपर्ने विषय साझा रहेका बताए ।

रास्वपाको प्रतिस्पर्धा कुनै पनि राजनीतिक दलहरूसँग नभएको उनले बताए । ‘हामीले लड्नुपर्ने विषय भनेको देशको गरीबी हो, भ्रष्टाचार हो,’ उनले भने, ‘हाम्रा शत्रु साझा छन् । राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो । अरु बेला भनेको देशका अन्य विषयहरू साझा हुन् ।’

उनले पार्टी संगठन निर्माण लगायतका कार्य चुनौती रहेको बताए । ‘चुनौती हामी आफैंभित्र नै छ । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हामीमा छ,’ उनले भने, ‘हामी आफैंभित्र पार्टीलाई मजबुद बनाउने पक्षमा लागेका छौं । हामीले दायाँबायाँ नहेरेका होइनौं तर बढी चाहिँ हामी आफैंभित्र केन्द्रित छन् ।’

रास्वपाको वाद के हो भन्ने प्रश्नमा उनले भने, ‘हामीले पार्टीको गठन गर्दै गर्दादेखि नै संवैधानिक समाजवाद भनेका छौं । यसको व्याख्या, विश्लेषण, बुझाउने विषयका लागि लामो समय लाग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement