काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ। बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका तर्फबाट दुई जना र अभियुक्त रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्।
थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।
प्रतिक्रिया