श्र्वेता खड्काले हिरासतमा रविलाई भेटेपछि यसरी भइन् भावुक


काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेलाई नायिका श्र्वेता खड्काले चितवन पुगेर भेट गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हिरासतमा रहेका रविलाई दुई मिनेट भेट्दा आफु भावुक बनेको बताएकी छन् । उनले लेखेकी छन्, ‘रवि दाईलाई कैदीसरह हिरासतमा टाढैबाट देख्दा मन चसक्क काँडा विझेसरी भएको थियो । सालिकराम पुडासैनीकी बिधुवी श्रीमतीको उजाड सिउँदो र रवी लामिछाने दाईकि निर्दोश श्रीमतीले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखियोस, जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस ।’

यस्तो छ श्र्वेताले फेसबुकमा लेखेको स्टाटसः

‘यो अँधेरो केहिबेरको लागि मात्र हो, भोलि बिहान फेरि सूर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ’, आदरणीय रवि लामिछाने दाइसँग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो । कसुर सावित नभएतापनि कसुरवार सरह जीवनयापन गरिरहेका रवि दाइसँगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होइन सिन्धुपाल्चोकमा निर्माणाधीन माझी बस्तिकोबारेमा पनि सोध्न भ्याउनुभयो ।

म, रवि दाइसंग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहंदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्री को उग्रतापमा गुन्जिरहेको ‘हाम्रो देश, हाम्रो रवी, प्राण भन्दा प्यारो छ’ भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।

निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो द्रुश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।

त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक ब्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको सिर्सक भित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए । तर म , सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा ब्यवहार वा सोही अनुरुपको संगत गरिंन ।

मलाई मानवियता भन्दा कुनै दल , धर्म वा बर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन । जतिखेर मैले ‘रवी लामिछाने दाई जस्तो असल ब्यक्ती सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ’ भन्ने लेख सम्प्रेशण गरेको थिएँ त्यो बेला नेपाली कँग्रेसको सरकार थियो र मलाई त्यसबेला कंग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए ।

आज म , रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपा को सरकार छ । अब म ढुक्क छु , मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको वात लगाउनेछन । मलाई कहिले काँग्रेस, कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वात लाग्नु कुनै नौलो पनि रहेन । यदी ‘राम्रो मान्छेलाई हाम्रो मान्छे’ को रुपमा लिंदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्श स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन । म न्यायप्रेमी नारी, म स्वतन्त्रताको पक्षधर । मलाई निस्पक्ष र निस्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ ।

सालिकराम पुडासैनीकी बिधुवी श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवी लामिछाने दाईकि निर्दोश श्रीमती निकिता पौडेलले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखियोस, जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस । मेरो कामना ।

प्रतिक्रिया दिनुहोस
Advertisement