यी हुन् एक वर्षअघि सार्वजनिक बसमा वीर्य स्खलन गर्ने युवक


काठमाडौं – सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक पक्राउ परेका छन् । एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक बसमा हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा बीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

सोही भिडियो अपलोड गर्ने युवक रबिन सार्कीलाई नेपाल प्रहरीको अपराध महाशाखाले एक वर्षपछि चितवनबाट सोमबार साँझ पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

रबिनले उक्त भिडिओ साउनमा बनाएको र मंसिरमा अपलोड गरेका थिए ।उक्त भिडिओ भाइरल भएपछि भारत भागेका  रबिन केही दिनअघिमात्र चितवन फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement