परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूतबीच भेटवार्ता


काठमाण्डु – नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री रघुबीर महासेठसँग भेटवार्ता गरेका छन् ।

भारतीय विदेशमन्त्री यस जयशंकरको सन्देश लिएर राजदूत क्वात्रा मन्त्री महासेठलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए ।

भारतका विदेशमन्त्री जयशंकरले महासेठलाई परराष्ट्रमन्त्री भएकोमा बधाईको सन्देश पठाएका हुन् । राजदूत क्वात्रा र मन्त्री महासेठबीच कोरोना भाइरसविरूद्धको खोप आपूर्तिलगायत विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतबाट नेपालले २० लाख खोप खरीद गरेको थियो । तर, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले १० लाख डोजमात्रै दिएको छ ।

अग्रिम भुक्तानी गरेका १० लाख डोज खोप नआउँदा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement