काठमाण्डु- सार्वजनिक खरिद अनुगमन कार्यालयले पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई निर्देशन दिएको छ ।
धेरै प्रतिस्पर्धीहरू सहभागी हुनसक्ने आकलनसहित कार्यालयले राहदानी विभाग म्याद थप गर्न निर्देशन दिएको हो । बोलपत्र कगजपत्रमा संशोधन भएपछि म्याद थप गर्नुपर्नेमा विभागले नगर्दा कार्यालयमा उजुरी परेको थियो ।
‘बोलपत्र दाखिला गर्ने अन्तिम मिति म्याद थप गर्दा धेरै प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने देखिएमा गुनासो सम्बोधन गर्नुहुन निर्देशानुसार अनुरोध छ’, खरिद अनुगमन कार्यालयले विभागलाई काटेको पत्रमा उल्लेख छ ।
संशोधनअघि १ कम्पनीले मात्रै सहभागी हुन पाउनेमा अहिले ३ वटा कम्पनी संयुक्त उपक्रममा भाग लिन सक्नेछन् । संशोधनबाट व्यवस्थाहरू फेरिएकाले टेन्डरको म्याद थप गर्नुपर्ने उजुरीमा उल्लेख छ ।
प्रतिक्रिया