भारतीय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी दलको नेता नियुक्त

भारतीय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी दलको नेता नियुक्त


काठमाण्डु – भारतीय लोकसभा संसद्मा भारतीय कांग्रेसका नेता राहुल गान्धी विपक्षी दलको नेता नियुक्त भएका छन् ।

प्रधानमन्त्री पदमा भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी नियुक्त भएको भोलिपल्ट गान्धी विपक्षी दलको नेता नियुक्त भएका हुन् ।

गान्धीले देश दौडाहा गरेर निर्वाचनमा पार्टीको सिट संख्या बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिको निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याए पनि यसपालि कांग्रेसले बढी सिट जित्दा भाजपा एकल बहुमतबाट रोकिएको छ ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । विगतभन्दा जितेको सिट संख्या बढेको र भाजपालाई एकल बहुमतबाट रोक्न सकिएकोमा विपक्षी दलहरू हौसिएका छन् ।