भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाण्डुमा


काठमाण्डु – भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाण्डु आएका छन् । उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह पाैने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन् । उनी निजी घुमघामका लागि नेपाल आएको बताइएको छ । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने बताइएको छ ।

चार दिने नेपाल भ्रमण सकेर उनी शुक्रबार शुक्रबार स्वदेश फर्कनेछन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement